दीपिका र दीवाकरद्वारा ‘श्री कलेक्शन बुटिक’ को उद्घाटन



नायिका दीपिका प्रसाँई र निर्देशक दीवाकर भट्टराईले धनगडीमा ‘श्री कलेक्शन प्रिमियम बुटिक’ को उद्घाटन गरेका छन् । शनिबार उनीहरुले संयुक्त रुपमा रिबन काटेर बुटिकको उद्घाटन गरेका हुन् ।

बुटिकको उद्घाटन गर्दै दीपिकाले भनिन्–‘आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक संचालनमा आएकोमा निकै खुशी लागेको छ । बुटिकले सफलता पाउनेछ भन्नेमा विश्वस्त छु ।’ अचेल बुटिकका डिजाइनेबल कपडाहरु सबैको रोजाइमा पर्न थालेको उनले बताइन् ।

कविता सिवाकोटीले यो बुटिक संचालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाखको लगानीमा बुटिक संचालनमा ल्याएको जानकारी दिइन् । दीपिकाले पछिल्लो समय कलाकारहरु मात्र नभएर आम मानिसहरु पनि बुटिकका पहिरनमा आकर्षित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu