‘मंगलम’ जस्तो सफल चलचित्रका निर्देशक नवल नेपालको निर्देशनमा बनेको ‘दिल चुप छ’ सिरिज शनिवारबाट प्रशारणमा आएको छ । बि.एम.एच.डि टेलिभिजनमा हरेक शनिवार साँझ साढे ७ बजे प्रशारण भएपछि यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानल सार्वजनिक हुनेछ । शनिवार सिरिजको पहिलो श्रृंखला प्रशारण भएको हो ।

सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन छ ।
नवराज गिरि र सरस्वती गिरिले निर्माण गरेको सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरि, शिक्षा संग्रोला, सक्षम पुरीको अभिनय रहेको छ ।




