‘आँधी तुफान २’ को छायांकन सुरु



निषेधाज्ञा जारी भएपछि अधुरैमा रोकिएको चलचित्र ‘आँधी तुफान २’ को आइतवारबाट छायांकन सुरु भएको छ । आइतवार काठमाडौंको एक स्टूडियोमा चलचित्रको इन्डोर छायांकन गरिएको थियो । सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिए । भदौ पहिलो साताभित्र चलचित्रको छायांकन सक्ने योजनामा निर्माण टिम छ ।

निर्माता श्रेष्ठले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेको जानकारी दिए । कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि छायांकन सुरु गरिएको उनको भनाई छ । मदन घिमिरेले चलचित्रको निर्देशन गरिरहेका छन् । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा चलचित्रले वाचन गर्नेछ ।

चलचित्रमा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतको अभिनय छ । रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu