छायांकनको क्रममा विराज भट्ट घाइते



अभिनेता विराज भट्ट छायांकनको क्रममा घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ का लागि एक्सन सिन गर्दा उनको बायाँ घुँडामा चोट लागेको हो । भित्र रगत जमेकाले उनलाई चिकित्सकले केही दिन बेड रेस्ट गर्न सल्लाह दिएका छन् । विराजले सोमवार साँझ फेसबुकमा आफ्नो खुट्टामा काप्रो बाँधिएको एक तस्विर शेयर गर्दै स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जानकारी दिएका छन् ।

निषेधाज्ञाको समयमा परिवारसँग नेपालमा रहेका विराज भारत सरकारले चलचित्र छायांकनको अनुमति दिएपछि भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनका लागि लखनऊ पुगेका थिए । एक्सन सिन गर्दा घुँँडामा चोट लागेपछि केही दिनका लागि चलचित्रको छायांकन रोकिएको छ । सन्दिप सिंहको निर्देशन रहेको चलचित्रमा विराजको जोडी भोजपुरी अभिनेत्री प्राची सिंहसँग बाँधिएको छ ।

नेपाली चलचित्रमा व्यस्त हुँदा हुँदै अचानक भोजपुरी चलचित्रमा प्रवेश गरेका विराज त्यहाँ पनि छोटो समयमै स्टारको रुपमा उदाए । करीब ८ वर्षदेखि निरन्तर भोजपुरी चलचित्रमा काम गर्दै आएका उनले गत वर्ष ‘साङ्लो’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका हुन् । यही चलचित्रबाट निर्माणसँगै निर्देशनमा समेत डेब्यू गरेका उनी चाँडै नयाँ चलचित्र निर्माण गर्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu