अनमोल र हेमराजबीच फेरि होला सहकार्य ?



अहिलेका ‘हटकेक’ अभिनेता अनमोल केसी र लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशक हेमराज विसी एकअर्काका लागि विशेष र खास छन् । किनकि, उनीहरु दुबैको डेब्यू चलचित्र थियो ‘होस्टेल’ । यो चलचित्रबाट अनमोल स्टारको रुपमा उदाएका थिए भने हेमराजको नाम सफल निर्देशकको सुचीमा लेखियो । यसपछि ‘जेरी’ र ‘गाजलु’ चलचित्रमा पनि उनीहरुको टिमअप भयो ।

‘गाजलु’ पछि भने उनीहरुबीच सहकार्य भएको छैन । तर, हेमराजले आफ्ना हरेक प्रोजेक्ट सुरुमा उनलाई नै अफर गर्ने गरेका छन् । ‘ग्याङस्टर ब्लूज र द ब्रेकअप’ को अफर पहिला अनमोललाई भएको थियो । आफूले स्टार बनाएको नायकले ‘ब्याक टू ब्याक’ आफ्नो चलचित्र रिजेक्ट गरेपछि त्यसको इगो साध्न हेमराजले ‘क्याप्टेन’ सँग चलचित्र ‘द ब्रेकअप’ जुधाएको कतिपयको टिप्पणी छ ।

अब भने उनीहरु दुश्मनी भुलेर पुनः चलचित्रमा टिमअप गर्ने तयारीमा जुटेका छन् । गत वर्ष हेमराजले अनमोललाई एक नयाँ चलचित्र अफर गरेका थिए । केही चरण उनीहरुबीच छलफल पनि भयो । अहिलेसम्म कागजी सम्झौता नभए पनि अनमोल चलचित्रलाई लिएर सकारात्मक रहेको उनी बताउँछन् । स्थिति सामान्य भएपछि उनीहरु फेरि छलफलमा जुट्ने तयारीमा छन् ।

गत वर्ष हेमराजले बलिउड चलचित्र ‘एमएस धोनी’ का निर्माता तथा निर्देशक नीरज पान्डेले निर्माण गर्ने नेपाली चलचित्रको निर्देशन गर्न लागेको खबर सार्वजनिक भएको थियो । जसमा नीरज स्वयंको कथा हुनेछ । उनले अनन्या फिल्मस्का सरोज न्यौपानेसँग मिलेर नेपाली चलचित्र निर्माण गर्न लागेका हुन् । हेमराजले यही चलचित्रको अफर अनमोललाई गरेको हुनसक्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu