ओस्कार कलेजबाट विनोद पौडेलले दिए राजीनामा



नेपालको पहिलो चलचित्र सम्बन्धि अध्ययन गराउने ओस्कार इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा सीईओ विनोद पौडेलले राजीनामा दिएका छन् । चलचित्र निर्देशक समेत रहेका उनले तीन दिन अगाडि पदबाट राजीनामा दिएका हुन् । १० वर्ष अगाडि शिक्षकको रुपमा यस कलेजमा प्रवेश गरेका उनले अब नयाँ सोचसहितको पुस्ता आउनुपर्छ भनेर आफूले बाटो खुल्ला गरेको बताए ।

उनी भन्छन्, ‘कलेजलाई एउटा स्थानमा पुर्‍याउन आवश्यक थियो । नेपालमा चलचित्र कलेज चल्न सक्दैन भनेर त्रिवीले ओस्कार कलेजको सम्बन्धन नै खारेज गर्ने अवस्था आएको थियो । आफूले एमविए र चलचित्र मेकिङ पढेकाले कलेजलाई चलाउन सकिन्छ भनेर मैले म्यानेजमेन्ट टिमसँग ६ महिनाको समय मागेको थिएँ र आज कलेजलाई एउटा लेभलमा पुर्‍याउन सकेँ जस्तो लाग्छ ।’

आर्थिक समस्याले लण्डनमा चलचित्र मेकिङ पढ्न नसकेपछि उनले नेपालमै कम पैसामा चलचित्र पढ्ने कलेज स्थापित गर्ने ठूलो सपना बोकेका थिए । उनको यही सपनाले ओस्कार कलेज आज चलचित्र पढ्न चाहनेको पहिलो रोजाइ बनेको छ । चलचित्रप्रति समाजको सकारात्मक दृष्टिकोण विकास गर्न ओस्कार कलेज हाँक्ने जिम्मेवारी उठाएका उनी आफू केही हदसम्म सफल भएको ठान्छन् ।

उनी भन्छन्, ‘म ओस्कार कलेजमा आउँदा विद्यार्थीहरु परिवारसँग ढाटेर पढ्न आउँथे । त्यो देख्दा नराम्रो लाग्थ्यो । तर, अहिले परिवार आफैं कलेजमा आफ्नो बच्चालाई भर्ना गर्न आउनुहुन्छ । यो भनेको समाजका लागि ठूलो फड्को हो । पहिला मैले चलचित्र पढिरहेको छु भन्दा धेरैले विश्वास गर्दैन थिए । यो पनि पढ्ने विषय होर भन्थे । तर, अहिले चलचित्र सम्मानित विषय बनेको छ ।

१० वर्ष ओस्कार कलेजमा प्रिन्सिपल तथा सीईओको रुपमा विताएका विनोद अब चलचित्र मेकिङमा केन्द्रित हुने सोचमा छन् । तीन वर्ष अगाडि उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थुप्रै महत्त्वपूर्ण अवार्ड जितेको थियो । अहिले उनी भुटानी शरणार्थी र सहरमा अवसरको खोजीमा रहने युवाको कथामा चलचित्र निर्माण गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu