ओटीटी प्लेटफर्म अहिलेको आवश्यकता : धुर्मुस-सुन्तली



नेपालमा ओटीटी प्लेटफर्ममा नयाँ चलचित्र रिलिज गर्न निर्माताहरु तयार नदेखिएको अवस्थामा हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले वेब चलचित्र ‘म त मर्छु कि क्या हो’ लाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरेका छन् । ‘ओहो मुभीज्’ मा रिलिज हुने चलचित्रको बुधवार ट्रेलर सार्वजनिक गरियो । चलचित्रको रिलिज डेट केही दिनमा घोषणा गरिनेछ ।

कलाकार कट्टेलले चलचित्र क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म अहिलेको आवश्यकता रहेको बताएका छन् । बुधवार ट्र्रेलर रिलिज कार्यक्रममा उनले सिनेमा हलहरु बन्द भएको अवस्थामा चलचित्र क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्मले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मकै लागि बनाइएको उनको भनाई छ ।

त्यस्तै, कुञ्जनाले पनि कोरोना महामारीको समयमा चलचित्र इन्डस्ट्रीलाई चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको औंल्याइन् । उनी भन्छिन्, ‘कुनै पनि चिजको सुरुवातमा रिक्स मोल्नै पर्छ । चलचित्र इन्डस्ट्रीलाई अगाडि लैजान ओटीटी बलियो माध्यम हो । पब्लिकको माया हामीले कमाउने हो भने यस्ता प्लेटफर्ममा चलचित्र हेर्ने बानी पनि हामीले नै लगाउनु पर्छ ।’

ओटीटीमा चलचित्र रिलिज गर्न डराइरहे यस्ता प्लेटफर्मको विकास कहिल्यै नहुने कुञ्जनाको तर्क छ । सबै दर्शकको घरमा पुग्न सकिने भएकाले पनि ‘म त मर्छु कि क्या हो’ लाई ओटीटीमा रिलिज गर्न लागिएको उनी बताउँछिन् । यो चलचित्रलाई सिताराम र कुञ्जनाले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा उनीहरु ‘मेरी बाँस्सै’ मा निर्वाह गरेको चर्चित पात्र धुर्मुस-सुन्तलीकै गेटअपमा प्रस्तुत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu