हाँस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ ले गाइजात्रा पर्वलाई लक्षित गर्दै ‘ओम बकम्फुसाय नम’ सार्वजनिक गरेका छन् । उनले, देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृतीमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन् । उनको गाइजात्रे कोसेलीमा एउटा प्यारोडी गीत र प्रहसन समावेश गरिएको छ ।
दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए । उनले हरेक बर्ष आफ्नो व्यक्तिगत गाइजात्रे कोसेली ल्याउने गरेका छन् ।
गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम, सुरेश तिमल्सिना, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय छ । गायिका राधिका हमालले भिडियोमा राष्ट्रपतिको भूमिका निर्वाह गरेकी छन् ।
भिडियो :-