‘सम्झिनी पानी छम्किनी’ भन्दै भुवन केसी र दीपाश्री (भिडियो)



गायक सम्राट चौलागाइँको चर्चित गीत ‘सम्झिनी पानी छम्किनी’ को तीज भर्सन सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरियो । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा मल्टिस्टारहरुलाई एकसाथ पर्दामा उतारिएको छ ।

विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री निर्देशक दिपाश्री निरौला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट आफैं पनि फिचर्ड छन्, मोडल गीता ढुङ्गानाको अपोजिटमा ।

चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ । भिडियोमा उच्च मेकिङ देख्न सकिन्छ । निर्देशक स्वाँरले सुन्दर ढंगले कलाकारहरुलाई अभिनयमा पर्स्तुत गरेका छन् ।

आयोजित कार्यक्रममा अभिनेता भुवन केसी र दिपाश्री निरौंलाले रिल रोमान्सका रमाइला किस्साहरु सुनाए भने, ‘डान्स स्टेप’ पनि सञ्चारकर्मीमाझ देखाए । गायक चौलागाइँले दर्शकको मायाले निरन्तर गायनसँगै अभिनय यात्रामा आफु अघि बढिरहेको बन्दै यो प्रकारको माया पाइराख्ने अपेक्षा राखे ।

गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलबाट इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन विरवहादुर थारुले गरेका छन् । गीतमा शब्द संगीत पनि गायक चौलागाइँकै छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu