किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’



यसवर्षको वासुदेव लुइँटेल पुरस्कार हाँस्य व्यङ्ग्य क्षेत्रमा आफ्नो चिनारी बनाएका कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो । गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हाँस्य व्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ । वासुदेव शर्मा लुइँटेलले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्य व्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।

कलाकारसँगै चलचित्रका निर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको चलचित्र ‘लक्का जवान’ हो । उनले यो पुरस्कारले आफूलाई थप दायित्व थपेको बताएका छन् । उनी भन्छन्, ‘आफ्नो कलाकारिता यात्रामा निरन्तरता दिई रहँदा प्राप्त हुने यस किसिमको सम्मान र पुरस्कारले म र म जस्तो कलाकर्मीलाई अवश्य उर्जा थप्छ । आफ्ना अग्रजले प्राप्त गर्दै आइरहेको यो पुरस्कार यसपटक मैले पाउने जानकारी पाएसँगै दंग छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu