‘निफ’ का विजेतालाई बाँडियो अवार्ड



गत बैशाखमा भर्चुअलको माध्यमबाट सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेतालाई पुरस्कार वितरण गरिएको छ । भर्चुअलबाटै अवार्ड घोषणा गरिए पनि पुरस्कार वितरण हुन सकेको थिएन । आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आइतवार राजधानीमा एक कार्यक्रमका बीच विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।

पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक अवार्ड आज विजेतालाई प्रदान गरियो भने बाँकी ६ वटा अवार्ड कुरियरमार्फत् पठाइएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सात राष्ट्रिय अवार्ड पनि वितरण गरियो । ‘निफ’ मा स्वदेशी फिचर चलचित्रतर्फ उत्कृष्ट घोषित भएको ‘आमा खान्डो’ ले एक लाख नगद राशीको पुरस्कार जितेको छ भने यही चलचित्रबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशकको अवार्ड उचाले ।

त्यस्तै, फिल्म ‘लाटकोसेरो’ बाट उत्कृष्ट नायक-नायिका घोषित भएका नविन शिल्पकार र सरिता गिरीले कार्यक्रममा अवार्ड थापे । यो चलचित्रले उत्कृष्ट छायाँकारको अवार्ड पनि जितेको छ । फिचर चलचित्रतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोलाई प्रदान गरियो भने प्यानडेमिक डकुमेन्ट्रतर्फ उत्कृष्ट घोषित भएर ‘सिभिल सोल्जर्स’ ले जितेको ५० हजार राशीको अवार्ड चलचित्रका निर्देशक गणेश पाण्डेले उचाले । विजेताहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको आवेदन खुल्ला गरेको पनि घोषणा गरेको छ । असार १७ गतेसम्म आवेदन खुल्ला हुने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनका अनुसार, आउँदो २०७८ चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र पनि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu