फर्स्टलुकमा मुकुन र नाजिरको ‘लभ सर्कल’



कोरोना महामारीको समयमा छायांकन गरिएको चलचित्र ‘लभ सर्कल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरु मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई) लाई देख्न सकिन्छ । चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन् ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘लभ सर्कल’ लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको निर्देशक निरौलाले बताए । मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । चलचित्रलाई डिजिटल प्लेटफर्ममा रिलिज गरिँदैछ । यही साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा चलचित्र प्रदर्शन हुनेछ ।

चलचित्र ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, बिनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर करेक्सन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu