नाटक ‘अनुपस्थित तीन’ को मञ्चन सुरु, अनलाइनमा पनि हेर्न सकिने



फ्रान्सेली नाटककार झाँ पाल सात्रको नाटक ‘अनुपस्थित तीन’ को मञ्चन सुरु भएको छ । सोमवारदेखि शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन सुरु भएको नाटकमा विपिन कार्की, उषा रजक, पवित्रा खड्का र मानहाङ लावतीको अभिनय रहेको छ । नाटकलाई घिमिरे युवराजले निर्देशन-परिकल्पना गरेका हुन् ।

नाटक साउन १८, १९ र २० गते साँझ ५:३० बजे हुनेछ । नाटक शिल्पी थिएटरको युट्युब च्यानल र फेसबुक पेजबाट पनि लाइभ हेर्न सकिन्छ । नाटकघरमा ४० दर्शकलाई मात्र प्रवेशको बेवस्था गरिएको छ भने बाँकी दर्शकले अनलाइन हेर्न सक्नेछन् । नाटकमा विपिन कार्की आजाद, उषा रजक इच्छा र पवित्रा खड्का अभिलाषा बनेका छन् ।

नाटकमा तीन पात्रले तीन फरक व्यक्तित्व प्रतिनिधित्व गर्छन् । लैंगिकताका आधारमा पनि आजाद पुरुष, इच्छा महिला र अभिलाषा समलिंगी हुन् । पृथ्वीमा अनुउपस्थित यी तीन पात्रको मनोदशा वरपर घुम्छ ‘अनुपस्थित तीन’ । यो नाटकले रंगमञ्जलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu