ड्रिम हाई नेपालले ‘नेपाल मिडिया अवार्ड’ आयोजना गर्ने भएको छ । मिडियाका विविध स्वरुप र विधालाई समेटेर निकट भविष्यमै अवार्ड कार्यक्रम गर्न लागिएको संस्थाले जानकारी दिएको छ । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने कार्यक्रम हुने आयोजक ड्रिमहाई नेपालका अध्यक्ष कमल जिसीले बताए ।

सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजकको जनाएको छ ।
नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलो पटक अवार्ड हुन लागेको हो । सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यसअघि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल इभ’ र गत वर्ष फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक संघले गर्दै आएको ‘नेफ्टा’ अवार्ड आयोजना गरेको थियो।