‘पर्खि बसेँ’ सँगै मलिकालाई ‘नाईं नभन्नू ल ६’ को अफर



चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिका महतलाई लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी’ गीतले एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनको जोडी पल शाहसँग दर्शकले निकै रुचाए । यसपछि उनले पुनः पलसँगै ‘टाढा भएपनि’ गीतमा अभिनय गरिन् । यो गीतले पनि उनको लोकप्रियता चुल्याउन मद्दत गर्‍यो । अहिले उनी म्यूजिक भिडियोमा व्यस्त छिन् ।

म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट चलचित्र अफर पाइरहेकी छन् । गोपीकृष्ण मुभिजले डेढ दशक अगाडिको सुपरहिट चलचित्र ‘पर्खि बसेँ’ को सिक्वेलमा मुख्य नायिकाको प्रस्ताव उनैलाई गरेको छ । चलचित्रमा उनको जोडी पल शाहसँग बाध्ने तयारीमा गोपीकृष्ण छ । तर, पल र मलिकाले यो चलचित्र साइन भने गरिसकेका छैनन् ।

मलिकालाई सुपरहिट चलचित्र ‘नाईं नभन्नू ल’ को छैठौं सिरिजबाट पनि मुख्य नायिकाको प्रस्ताव आएको छ । यो कुरा उनी स्वयंले खुलाएकी हुन् । बिहीवार आफू अभिनीत ‘तिम्रो माया’ गीतको सार्वजनिक कार्यक्रममा उनले ‘नाईं नभन्नू ल ६’ बाट अफर आएको भए पनि कागजी सम्झौता नभइसकेको बताइन् । आफू दुवै चलचित्रको टिमसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu