म्यूजिक भिडियोले सिंगो चलचित्र क्षेत्रको प्रतिनिधित्व गरेको छ : मदनकृष्ण श्रेष्ठ



किस्ताबन्दीको कोरोना महामारीले चलचित्र क्षेत्र धरासायी अवस्थामा छ । गत वर्ष लकडाउन अन्त्यपछि केही चलचित्र निर्माण र प्रदर्शन भए पनि कोरोनाको दोस्रो महामारीले फेरि थला पार्‍यो । निषेधाज्ञा जारी भएयता चलचित्र क्षेत्रका गतिविधि ठप्प छन् । लामो समय बेरोजगार भएर बसेका चलचित्रका कलाकार र प्राविधिकलाई अहिले म्यूजिक भिडियोले रोजगारी दिएको छ ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाका कारण चलचित्रल्म क्षेत्र ठप्प भएको समयमा म्यूजिक भिडियोले चलचित्रका कलाकार र प्राविधिकलाई बचाएको बताए । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘कोरोनाले गर्दा चलचित्र क्षेत्र धरासायी छ । तर, यो समयमा पनि म्यूजिक भिडियोले सिंगो चलचित्र क्षेत्रको प्रतिनिधित्व गरेर प्राविधिकहरुलाई बचाएको छ ।’

६ दशकदेखि गायनमा समेत सक्रिय रहेका उनले पहिले गीत गाउँदा पैसा आउने भए पनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने बताए । उनी भन्छन्, ‘पहिले गीत रेडियो नेपालको स्टूडियोमा मात्र रेकर्ड हुन्थ्यो । रेकर्ड भैसकेपछि गीत रेडियोमै बज्थ्यो । त्यसबेला गीत रेकर्ड गराएपछि १२ रुपैयाँ रोयल्टी पाउथ्यौं । तर, अहिले उल्टो भएको छ । गीत तयार पारेपछि पैसा सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu