यस्तो छ ‘लभ सर्कल’ को ट्रेलर (भिडियो)



चलचित्र ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कमेडी दृश्यले बढी स्थान पाएको छ । चलचित्रमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय छ । ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनमा दले दाईको भूमिकामा उत्कृष्ट प्रस्तुती दिएपछि चर्चामा आएका सुमनले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन् । कोरोनाले गर्दा सिनेमा हल अनिश्चितकालका लागि बन्द भएपछि यो चलचित्रलाई निर्माण टिमले डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछ । यही साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा चलचित्र प्रदर्शनमा प्रदर्शन हुनेछ ।

कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको ‘लभ सर्कल’ मा श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहिल खानरमिलन श्रेष्ठको सम्पादन छ । चलचित्रलाई डिस होमसँगै अन्य डिजिटल प्लेटफर्ममा पनि प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu