आरके इन्टरटेनमेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमा पाँच मिसको खोजी गर्दै ‘मिस ग्रान्ड नेपाल २०२१’ आयोजना गर्ने घोषणा गरेको छ । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी गर्दै आरके इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनी देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको छ ।
आरके इन्टरटेन्मेन्ट ग्रुप यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ सुन्दरीहरुलाई इन्टरनेसनल प्रतिस्पर्धाका लागि पठाउने निर्णय समेत गरेको छ । इच्छुक सहभागिले भदौ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना भइरहेको यस प्रतियोगितामा स्थानिय तथा प्रदेशमा रहेका युवतीलाई समेत सहभागी गराउने उद्देश्यले साउन २० देखि भाद्र ११ सम्म विभिन्न शहरमा उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने आयोजक राम केसीले जानकारी दिए ।

अन्तिम अडिसन भने होटल नेपालयमा भदौ १९ मा गरिनेछ । मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम प्रीति पौडेल, मिस ग्रान्ड नेपाल लण्डस्केप अस्मिता ढुंगाना, किसन राज सिंह लगायतले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता आयोजना गरेर आरके इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन योगदान पुगेको बताए ।
मिस ग्रान्ड नेपाल २०२१ का विजेताले नगदका साथै मोबाइल फोन र नेपाली चलचित्रमा नायिका हुने अवसर पाउनेछन् । विजेता सबैले इन्टरनेशनल प्रतियोगिता २०२१ मा नेपाली झन्डा फहराउँदै नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि फारम भर्ने मिति साउन २० गतेबाट खुल्ला गरिएको छ । अडिसन पोखरा, बिराटनगर, बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहरहरुमा हुनेछ




