‘एक्स ९’ मा भित्रिए सौगात मल्ल



मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन-थ्रिलर चलचित्र ‘एक्स ९’ मा अभिनेता अनमोल केसीपछि अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ । गत वर्षको लकडाउनअघि नै निर्माण टिमको उनीसँग मौखिक सहमति भएको थियो । कागजी सम्झौता भने आइतवार मात्र भएको हो । अनमोल र सौगातको प्रवेशसँगै चलचित्रलाई लिएर दर्शकमा उत्सुकता बढेको छ ।

सौगातले तेस्रो पटक मुकुन्दसँँग काम गर्न लागेका हुन् । उनीहरुबीच ‘लप्पन छप्पन’ को दुई सिरिजमा सहकार्य भइसकेको छ । पहिलो पटक अनमोलसँग एकसाथ स्क्रिन शेयर गर्न लागेका सौगातले चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताएका छन् । चलचित्रमा उनी कस्तो भूमिकामा देखिनेछन्, यसबारेमा भने निर्माण टिमले जानकारी दिएको छैन ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा छायांकन गरिने चलचित्रमा पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu