गोपीकृष्ण र जय नेपालले तिरेनन् सम्पत्ति कर



राजधानीका दुई ठूला सिनेमा हल गोपीकृष्ण मुभिज र जय नेपालले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ताकेतासहितको सूचना जारी गरेको छ । केही समयदेखि पटक-पटक वडा कार्यालयबाट पत्रचार गर्दा समेत कर नबुझाएको भन्दै महानगरपालिकाले गोपीकृष्ण र जय नेपाललाई कर नतिर्ने कम्पनीको सूचीमा राखेर सूचना जारी गरेको हो ।

गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनामा गोपीकृष्ण र जय नेपालले कहिलेसम्मको कर नतिरेको भन्ने चाहिँ उल्लेख छैन । सूचना प्रकाशित भएको तीस दिनभित्र महानगरपालिकाको राजश्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर जरिवानासहित कर बुझाउन महानगरले आग्रह गरेको छ । अन्यथा सेवा बन्द गर्ने, सम्पत्ति रोक्का लगायतको कार्य गरिने सूचनामा भनिएको छ ।

कर नतिर्ने सूचीमा परेको जय नेपाल कोरोना महामारीपछि सधैंका लागि बन्द भइसकेको छ । जग्गा पुनः भाडमा लिने कुरामा सहमति नजुटेपछि क्वेस्ट इन्टरटेनेमन्टले हल बन्द गर्ने घोषणा गरेको थियो । त्यस्तै, काठमाडौंको चाबहिलमा रहेको गोपीकृष्ण हल पनि कोरोना महामारीपछि भत्काइएको छ । अब त्यहाँ पाँचतारे होटल, मल्टीप्लेक्स हलसहितको २५ तल्ले नयाँ भवन निर्माण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu