‘लभ सर्कल’ को ‘ओ मैयाँ’ गीत रिलिज (भिडियो)



बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ मैयाँ’ बोलको सार्वजनिक गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् । गीतको भिडियोमा चलचित्रका कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत प्रस्तुत छन् ।

गीतले मुकुन र पवित्रा, नाजिर र रिस्ताबीचको प्रेमभाव व्यक्त गर्छ । उनीहरुको एक-अर्कासँगको मित्रतालाई पनि गीतमार्फत् देखाउन खोजिएको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएकाले डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको चलचित्रको गएको हप्ता ट्रेलर सार्वजनिक भएको थियो । यो चलचित्र साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा प्रदर्शन हुँदैछ ।

कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्मित यस चलचित्रमा रबिन्द्र झा, सुमन कोइराला को पनि मुख्य भूमिका रहेको छ । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu