नयाँ बानेश्वरमा मल्टीप्लेक्स हल बनाउँदै ‘छक्का पञ्जा’ समुह



चलचित्र निर्माणमा ठूलो सफलता हासिल गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले राजधानीमा नयाँ मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । विगत केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए ।

आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरुप तीव्र गतिमा काम भइरहेको उनले बताए । दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सक्नेछन् । यो सिनेमा हलमा दीपक-दीपाश्रीसँगै ‘छक्का पञ्जा’ समुहमा आबद्ध रहेका व्यक्तिहरुको लगानी रहनेछ । यो समुह धेरै अगाडिदेखि ‘छक्का पञ्जा’ नाममा स्तरीय मल्टीप्लेक्स हल खोल्ने तयारीमा थियो ।

चलचित्रबाट कमाएको पैसा चलचित्र क्षेत्रमै लगानी गर्ने उद्देश्यले सिनेमा हल खोल्न लागेको र आफूहरुले सिनेमा हल बनाउँदा चलचित्रकर्मीलाई पनि सहज हुने उनको विश्वास छ । त्यस्तै, दीपाश्री निरौलाले धमाधम सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने बताइन् । आउँदो चैतभित्र हललाई सञ्चालनमा ल्याउने तयारीमा ‘छक्का पञ्जा’ समुह छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu