‘डाँडाको बर पीपल’ मा शिव र भुवन



शोभित बस्नेतको ३१औँ निर्देशकीय चलचित्र ‘डाँडाको बर पीपल’ मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै चलचित्र छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायांकन अगाडि बढ्न पाएको थिएन ।

अब भने भदौ ५ बाट चलचित्रको छायांकन सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको चलचित्रलाई काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । चलचित्रमा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल फाइनल भइसकेका थिए ।

भुवन जोडिएसँगै चलचित्रको कलाकारको लाइनअप बलियो बनेको छ । करिब १६ वर्षपछि भुवन र शिवले सँगै काम गर्न लागेका हुन् । यी दुई सुपरस्टार पछिल्लो पटक वि.सं. २०६२ सालको चलचित्र ‘राजु राजा राम’ मा सँगै देखिएका थिए । यो चलचित्रका निर्देशक पनि शोभित नै थिए । उनले १६ वर्षपछि दुई सुपरस्टारलाई सँगै प्रस्तुत गर्न लागेका हुन् ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी रहनेछ । रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu