चलचित्र क्षेत्रका समस्याप्रति प्रचण्डको चिन्ता



चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गरिदिन आग्रह गर्दै चलचित्रकर्मीहरु राजनीति दल नेतासँग भेटवार्तामा जुटेका छन् । बुधवार कलाकार तथा निर्देशक नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रचण्ड निवासमा भेट गरेर चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष सहयोग गरिदिन आग्रह गरेका छन् ।

खड्काले प्रचण्ड र महरासँगको भेटमा चलचित्र क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गरेका थिए । कोरोना महामारीका कारण धरासायी बनेको चलचित्र क्षेत्रलाई माथि उठाउन र नेपाली मौलिक चलचित्रको प्रवर्द्धनका लागि विशेष पहल गर्न आफूले आग्रह गरेको उनले बताए । भेटमा दुवै नेताले नेपाली चलचित्र क्षेत्रका समस्याप्रति चिन्ता व्यक्त गरेको उनको भनाई छ ।

प्रचण्डले चलचित्र क्षेत्रका समस्याप्रति आफू गम्भीर रहेको र यस विषयमा आफू र आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको अभिनेता खड्काले बताए । प्रचण्डले चलचित्र क्षेत्रका गतिविधि खुलाउन पनि पहल गर्ने आश्वासन दिएका छन् । त्यस्तै, पूर्वसभामुख महराले चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफूले विशेष अनुदानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu