डिजिटल रिलिज भयो ‘लभ सर्कल’



लकडाउनको समयमा छायांकन गरिएको चलचित्र ‘लभ सर्कल’ शुक्रवारबाट डिजिटल प्लेटफर्म डिसहोममा रिलिज भएको छ । चलचित्र डिसहोम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आएको हो । केही दिनमा अरु पनि डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए ।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो । चलचित्रमा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको मुख्य भूमिका रहेको रहेको छ । मि टिभीको प्रस्तुतिमा ओम अग्रवाल र रोशन पौडेलले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।

चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खानरमिलन श्रेष्ठको सम्पादन छ । कोरोनाका कारण सिनेमा हलहरु बन्द हुँदा डिजिटल प्लेटफर्ममा रिलिज हुने चलचित्र बढेका छन् । यसअघि ‘हिरो रिर्टन्स, कपिला’ चलचित्र पनि डिजिटल रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu