‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ बन्ने



२०६३ सालमा प्रदर्शनमा आएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत सुपरहिट चलचित्र ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको चलचित्रका लागि शुक्रवार एक गीत रेकर्ड गरियो । ‘बग्यो त्रिशुली’ बोलको गीतमा गायक राजेशपायल राईले आवाज भरेका छन् ।

पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको गीतमा विकास चौधरीको संगीत र हरी उप्रेतीको संगीत रहेको छ । चलचित्रमा कथावाचनको रुपमा यो गीत प्रयोग गरिने निर्देशक पाख्रिनले बताए । गायक राईले रोमान्टिक थिमको गीत भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्रका लागि केही कलाकारसँग कुराकानी भइरहेको निर्देशक पाख्रिनले बताए । चलचित्रमा अहिलेका एक स्टार र अघिल्लो पुस्ताका एक स्टारको अभिनय रहने उनको भनाई छ । केही दिनमा कलाकारसँग कागजी सम्झौता हुने उनले बताए ।

दिनेश थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता निर्मल लामा, बिक्रम तामाङ र हेलेन पाख्रिन छन् । दिनेश पाख्रिनकै कथा रहने चलचित्रको वितरण गोपालकाजी कायस्थको कम्पनी विके फिल्मस्ले गर्नेछ । चलचित्र एक्सन जनरामा निर्माण हुनेछ । ‘मिस्टर डन’ मदन घिमिरेले निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu