चलचित्र निर्माण र निर्देशनमा फर्किने युवराज लामाको घोषणा



कुनै समयका चर्चित कलाकार युवराज लामा चलचित्रका पर्दामा नदेखिएको धेरै भइसकेको छ । लामाले १७ वटा चलचित्रको निर्माण र निर्देशन गरेका छन् । मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाई, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो’ लगायतका चलचित्रको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन बढी चलचित्रमा सशक्त अभिनय पनि गरेका छन् ।

चलचित्र ‘धर्मात्मा’ पछि चलचित्र निर्माण र निर्देशनबाट टाढा भएकाले उनी एक वर्ष चलचित्र विकास बोर्डमा आवद्ध भए । त्यसैबेला माओवादीमा प्रवेश गरेका उनले चार वर्ष खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी पनि सम्हाले । ०७२ सालपछि होटल व्यवसायमा लागेका उनले डेढ दशकपछि चलचित्र निर्माण र निर्देशनमा कमब्याक गर्ने घोषणा गरेका छन् ।

लामाले फेसबुकमार्फत चलचित्र निर्माण र निर्देशनमा आफूले दोस्रो इनिङ सुरु गर्न लागेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘कथा भेटियो, आजबाट वान लाइनर लेख्न सुरु भयो । सकिने वितिक्कै पठकथा अनि संवाद लेख्न सुरु गर्ने विचारमा पुगियो । विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको चलचित्र निर्माण र निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुँदै ।’

उनी आफू शुन्यबाट उठ्न लागेका कारण शुन्यमा रिक्स नहुने बताउँछन् । अब बन्ने चलचित्रको विषयवस्तु मानिसको पोजेटिभ र नेगेटिभ मनोविज्ञानमाथि आधारित हुने उनले बताए । पछिल्लो पटक चलचित्र ‘सरौतो’ मा अभिनय गरेका युवराज लामाले कोरोनाका कारण धरासायी बनेको चलचित्र क्षेत्रलाई जोगाउन आफू चलचित्र निर्माण र निर्देशनमा फर्किन लागेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu