‘म राजेश हमाल’ नाममा चलचित्र बन्ने



‘मेरो राजेश दाइ’ पछि अभिनेता राजेश हमालको नाममा फेरि चलचित्र निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा चलचित्र बनाउन लागेका हुन् । चलचित्रमा अतिथी भूमिकाका लागि राजेश हमाललाई अफर गरिएको छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।

चलचित्रको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिनेछन् । मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताए । विक्रम लामाले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।

निर्माता भुषालले चलचित्र राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने- ‘उहाँको नाम लिएर चलचित्र बनाउन लागेका हौं । क्यारेक्टरको मोटिभ पनि उहाँसँग मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौं ।’ आउँदो भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेको चलचित्रमा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu