रहेनन् ‘माइली’ निर्माता भीम राना



नेपाली चलचित्रका निर्माता तथा छायाँकार भीम रानाको निधन भएको छ । मंगलवार विहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको कोरोनाका कारण निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । उनका दुवै सन्तान अमेरिकामा बस्दै आएका छन् ।

आफ्नो करिअरमा कयौं सुपरहिट चलचित्र खिचेका उनले चलचित्र ‘माइली’ को निर्माण समेत गरेका थिए । ‘सम्झना, बरमाला, राज्य, निशाना, लाल सलाम’ लगायतका चलचित्रमा उनको छायांंकन छ । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका रानाले चलचित्र ‘माया प्रीति’ को ‘मान्छे पुग्यो जूनमा’ गीतमा अभिनेता रवीन्द्र खड्कासँग एकसाथ अभिनय पनि गरेका थिए ।

उनका छोरा बुधवार नेपाल आउँदैछन् । सोही बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काले बताए । उनको निधनप्रति चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । भीम रानासहित यसै वर्ष नेपाली चलचित्र क्षेत्रले थप तीन छायाँकार वैकुण्ठ मास्के, जावेद शाह र रामशंकर प्रधानलाई गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu