‘आँधी तुफान २’ को सुटिङ प्याकअप



चलचित्र ‘आँधी तुफान २’ को सुटिङ प्याकअप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । ‘अब एउटा गीत खिच्न बाँकी छ । तर, गीत खिच्नै पर्छ भन्ने चाहिँ छैन । गीत नभए पनि चलचित्रमा फरक पर्दैन । त्यसैले गीत नखिच्न पनि सकिन्छ,’ निर्माता श्रेष्ठले भने, ‘चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कम्प्रमाइज गरेका छैनौं ।’

काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी लगायतको अभिनय छ ।

रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट चलचित्र ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu