युवापुस्तामा र्याप लोकप्रिय बनिरहेको समयमा नयाँ गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको र्याप म्युजिक रियालिटी शोका लागि नेपालका केही शहरमा गएर अडिसन लिइने बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । शोमा सहभागी हुन चाहनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्नेछन् ।

डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको ‘नेपहपको श्रीपेच’ मा भोटिङ पार्टनरको रूपमा आ.एम.इ.पे रहेको छ भने डिसहोम फाइबर नेट र आ.एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा छन् ।

शोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जजसँग कुरा भइरहेको टिमले बताएको छ । उक्त रियालिटी शोको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।




