गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा निर्णायक परिवर्तन भएका भएका छन् । पहिलो सिजनदेखि तेस्रो सिजनसम्म निर्णायक रहेका न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीलाई रिप्लेस गर्दै चौथो सिजनमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान निर्णायक भित्रिएका हुन् ।

त्यस्तै, शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने छिन् । निर्णायक र होस्टको घोषणासँगै नेपाल ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन पनि सुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन सुरु भएको हो । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ ।






