करिश्माले गरिन् ‘अमिरा ब्युटी केयर’ को उद्घाटन



अभिनेत्री करिश्मा मानन्धरले शुक्रबार राजधानीमा नयाँ युनिसेक्स ब्युटी पार्लरको रिबट काटेर उद्घाटन गरेकी छिन् । करिश्माले सुन्धारास्थित काठमाण्डौं मलहको चौथो तलमा रहेको ‘अमिरा ब्युटी केयर’ को औपचारिक रुपमा उद्घाटन गरेकी हुन् ।

केयरकी प्रमुख अमिता तामाङले महिला र पुरुषका लागि आवश्यक पर्ने हरेक किसिमका सौन्दर्य सम्बन्धी सेवा आफ्नो पार्लरले प्रदान गर्ने बताइन् । ‘हामीले सेवा शुल्क धेरै महंगो पनि राखेका छेनौं’, अमिताले भनिन्, ‘सबै ग्राहकलाई लक्षित गरेर अमिरा ब्युटी केयर सञ्चालनमा ल्याएका हौं ।’

करिश्मा मानन्धरले आजको युगमा महिलासँगै पुरुषले पनि आफ्नो सुन्दरतामा ध्यान दिइरहेको बताइन् । ‘यस्तो संक्रमणको बेलामा पनि नयाँ कामको सुरुवात गर्नु भएकोमा अमिता बैनीलाई धेरै शुभकामना’, करिश्माले भनिन् । अमिता तामाङ म्युजिक भिडियो मोडल समेत हुन् । उनले पार्लर पुर्व रेष्टुरेन्ट व्यावसाय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu