दीपकराजले यसरी दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना



सोमवार ४६औं जन्मदिन मनाइरहेकी हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलालाई कलाकार तथा निर्माता दीपकराज गिरीले विशेष रुपमा ‘बर्थ-डे विस’ गरेका छन् । वर्षौंदेखि उनीसँग निरन्तर व्यवसायिक सहकार्य गर्दै आएका दीपकराजले दीपाश्रीलाई आफ्नो संसारकै सबैभन्दा जाती साथी भनेका छन् । दीपाश्रीसँँग रेडियो नेपालमा पहिलो पटक भेट भएको पनि उनले सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘३० बर्ष अघिको कुरा हो । म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न, खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा तर आँखामा मिठो सपना थियो । मिहेनत धेरै गरेँ, संघर्ष धेरै भयो तर सफलता अझै टाढा थियो । हरेक दिन संघर्षसँगै इश्वरसँग प्राथना गरिरहन्थेँ । न मेहनत काम लागिरहेको थियो, न प्रार्थना । त्यही समय रेडियो नेपालमा एकदिन उनीसँँग मेरो भेट भयो, त्यो भेट विस्तारै सहकार्यमा बदलियो ।’

उनले अगाडि लेखेका छन्, ‘राम बिलास धनियाँ’ (५ बर्ष), ‘तीतो सत्य’ (१२ वर्ष), विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु । मैले इश्वरसँग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनीलाइ मेरो साथी बनाएर पठाएछन् पत्तै भएन ।’ दीपाश्रीले अरुको खुसीका लागि आफ्नो खुसी त्यागिदिने र अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिंजडामा थुन्न सक्ने पनि दीपकराजले बताएका छन् ।

२०३२ साल भदौ ७ गते विराटनगरमा जन्मिएकी दीपाश्रीले रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी थिइन् । तर, उनलाई हास्यटेलिश्रृंखला ‘तीतो सत्य’ ले हास्य कलाकारको रुपमा पहिचान दिलाएको थियो । त्यसअघि उनले ‘गाउँले, चाँदनी, संगिनी’ लगायतमा चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनी निर्देशित ‘छक्का पञ्जा’ सिरिज नेपाली चलचित्र इतिहासकै सबैभन्दा सफल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu