‘डाँडाको बरपीपल’ को छायांकन सुरु



निर्देशक शोभित बस्नेतको ३१औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायांकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायांकन अगाडि बढ्न नसिकरहँदा भदौ ७ बाट चलचित्रको छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी छ ।

रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ । सरकारले छायांकन अनुमति नदिए पनि चलचित्र निर्माण भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu