‘काँडेतार’ मा गौरव पहारीको प्रवेश



भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई नवल खड्का र शंकर कार्कीले संयुक्त रुपमा निर्देशन गर्नेछन् । चलचित्रमा नवलमा उनी स्वयंको अभिनय र निर्माण रहनेछ ।

मंगलवार निर्देशक खड्काले चलचित्रका लागि मुख्य नायकमा गौरव पहारीसँग कागजी सम्झौता गरेका छन् । गत महिना चलचित्र ‘लाइफ इन एलए’ को छायांकन सकेका गौरवले राष्ट्रियताको विषयमा निर्माण हुन लागेको चलचित्रमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । चलचित्रमा उनले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने जानकारी प्राप्त छ ।

चलचित्रको बारेमा निर्देशक खड्काले भने- ‘नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय चलचित्रले उठाउनेछ । यसले माटो र मान्छेको मात्र संरक्षण मात्र गर्दैन, असल छिमेकीसँगको सद्भावलाई पनि कायम राख्छ भन्ने चलचित्रको भाव हो । चलचित्रको विषयवस्तुले राष्ट्रलाई पनि झकझकाउने छ ।’ उनले यसअघि पनि सीमा क्षेत्रको समस्यामा चलचित्र ‘दशगजा’ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu