‘म केही गर्छु’ मा १०८ स्क्रिप्ट छानिए



राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । जसमध्ये १०८ स्क्रिप्ट छानिएका छन् । श्रावण ५ गतेभित्र स्क्रिप्ट पठाउन संघले आह्वान गरेको थियो । छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागि एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार चलचित्र विकास बोर्डको हलमा छनौट भएका स्क्रिप्ट राइटर र चलचित्र निर्माणको लागि स्क्रिप्ट पठाउनेहरुका लागि युवा संघ नेपालले चलचित्र क्षेत्रका बिज्ञहरुलाई सहभागी गराएर चलचित्र बनाउने सम्बन्धमा ओरियन्टेसन गराएको हो । उक्त कार्यक्रममा निर्देशक मिन भाम, सिनेम्याटोग्राफर बिष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, चलचित्रकर्मी अर्जुन देव जोशी सहभागी थिए ।

निषेधाज्ञाका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उपाध्यक्ष उर्मिला सुनुवार, अशोक चौलागाईं, महासचिव रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनौट गरेको हो । छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा चलचित्र बनाउनुपर्नेछ ।

छानिएका स्क्रिप्टहरुबाट छोटो चलचित्र निर्माण गरि युवा संघ नेपाललाई बुझाउनु पर्नेछ । छोटो चलचित्र बुझाइसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन चलचित्र छान्नेछ । छानिएका तीन चलचित्रमध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu