रहेनन् जनवादी गायक जेबी टुहुरे



जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा टुहुरेको निधन भएको हो । भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार, उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ’, ‘बसाइँ हिँड्नेको ताँतीले’ लगायत गीत चर्चित छन् । उनले १५० भन्दा बढी गीत गाएका छन् । १५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu