‘जिङ्गल रिमिक्स प्रतियोगिता’ को विजेता बने सम्राट



लुकेको प्रतिभालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यसहित चौधरी ग्रुपले घोषणा गरेको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगिता’ को विजेता इटहरी ४ निवासी सम्राट भट्टराई भएका छन् । उनले विजेता भएसँगै चौधरी ग्रुपको तर्फबाट उपहार स्वरुप नगद एक लाख प्राप्त गरेका छन् । वाइवाइले विश्व संगीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ : जिङ्गल रिमिक्स प्रतियोगिता’ घोषणा गरिएको थियो ।

विजेताभन्दा बाहेक दोश्रो चरणमा छनौटमा परेका बाँकी ९ जनाले पनि २५/२५ हजार नगद पुरस्कार पाएका छन् । गएको जुलाई २१ मा समाप्त भएको प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । प्राप्त जिङ्गलबाट उत्कृष्ट १० छनौट गर्दै बिजेता छानिएको थियो । विजेता भएका भट्टराईले सो जिङ्गल १५ दिन लगाएर कम्पोज गरेको बताए ।

उनले भने- ‘मेहनत निकै लागेको थियो । मेरो कलाको माध्यमबाट सबैको ध्यान केन्द्रित गर्न सक्छ जस्तो चाहिँ लागेको थियो तर बिजेता नै हुन्छु जस्तो लागेको थिएन । दिदीको गितार बजाउने इच्छा छ, पाएको १ लाखबाट उसलाई गितार किन्दिने र बाँकी पैसा के गर्ने भन्नेबारे सोचेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu