फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’ को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । ‘रीत’ लिम्बू भाषा संस्कृतिमा आधारित लिम्बू चलचित्र हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित छ ।
दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । दुवै चलचित्र हाल वर्कसप चरणमा छन् ।

दुवै चलचित्रमा एलिना बास्कोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बूु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बू, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारको अभिनय रहनेछ ।
मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रित’ र ‘अञ्जली’ को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै चलचित्रमा सागर केरुङको कथा रहेको छ ।




