कमेडी जनराको टेलिचलचित्र ‘चल्दैछ’ प्रसारणमा आएको छ । टेलिचलचित्र हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ
बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको टेलिचलचित्रमा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिचलचित्रमा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पदन, सम्रटा थापाको पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रंग तथा विशाल प्रजापतिको छायांकन छ ।
नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिचलचित्रमा रत्न जोशीको निर्देशन छ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा चलचित्र ‘डाँडाको वरपीपल’ धमाधम निर्माण भइरहेको छ । यो चलचित्रका निर्देशक शोभित बस्नेत हुन् ।




