शिल्पा र अकेशासँग ब्यास बिस्सुको रोमान्टिक अवतार



गत महिना छायांकन सकिएको चलचित्र ‘लाइफ इन एलए’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिवार निर्माण टिमले सार्वजनिक गरेको दुईवटा पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ । एउटा पोस्टरमा नव-अभिनेता ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा उनको अंगालोमा अर्की अभिनेत्री अकेशा विष्ट बाँधिएकी छन् ।

चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको पोस्टरले प्रस्ट्याउँछ । निर्माण टिमले सोमवार चलचित्रमा समावेश पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गर्दैछ । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रको ७५ प्रतिशत अमेरिका र २५ प्रतिशत नेपालमा छायांकन भएको हो । अमेरिकामा बस्ने नेपालीको सफलताको कथा भन्ने चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ ।

चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । त्यस्तै, चलचित्रको एसोसिएट निर्देशक दीपक ओली हुन् । उनले ‘पण्डित बाजेको लौरी, कृष्ण लीला’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu