म्याजिक सिनेमा हलमा आगलागी हुँदा २ करोडको क्षती



सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जयसिंह थापाका अनुसार, ब्यवसायिक भवनको तेस्रो तलामा रहेको म्याजिक सिनेमा हल जलेर क्षति भएको हो ।

शनिबार विहान ९ः२० देखि लागेको आगो साढे ११ बजे नियन्त्रणमा आएको थियो । सिनेमा हलमा ‘करेन्ट सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो । समयमा नै आगो नियन्त्रणमा आएका कारण सिनेमा हल नजिकका अन्य घरमा आगो फैलन नपाएको प्रहरीको भनाइ छ ।

साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एकमात्र सिनेमा हल हो । कोभिड १९ महामारीपछि उक्त सिनेमा हल बन्द रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu