‘म राजेश हमाल’ मा काम गर्दैछन् राजेश हमाल ?



निर्माता केदार भुषालले नेपाली चलचित्रका अभिनेता राजेश हमालको नाममा ‘म राजेश हमाल’ चलचित्र निर्माण गर्दैछन् । निर्माण नहुँदै राम्रो हाइप बनेको यो चलचित्र राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको भने होइन । तथापी, उनको जीवनबाट चलचित्र ‘इन्स्पायर्ड’ हुनेछ । निर्माता भुषालले चलचित्रमा अतिथी भूमिकाका लागि राजेश हमाल स्वयंलाई अफर गरेका छन् ।

तर, हमालले चलचित्रमा काम गर्ने वा नगर्ने विषयमा अहिलेसम्म निर्माण टिमलाई निधो दिइसकेका छैनन् । उनले आफ्नो नाममा चलचित्र बनाउन भने अनुमति दिइसकेका छन् । गत वर्ष उनले ४ वर्षपछि चलचित्र ‘सत्यम्’ साइन गरेका थिए । यही चलचित्रले गर्दा उनलाई ‘म राजेश हमाल’ का लागि समय निकाल्न समस्या भएको छ । हमालले निर्मातासँग केही दिनको समय मागेका छन् ।

केदारले फोनवार्तामा भने- ‘समय मिलाउन सकिन्छ कि भनेर अहिले छलफल भइरहेको छ । राजेश सरले ‘चलचित्रमा काम गर्न नसक्ने भएँ’ भनेर चाहिँ भनिसक्नुभएको छैन । त्यसैले अझैसम्म सम्भावना देखिरहेको छु । केही दिनमा उहाँले आफ्नो निर्णय दिनुहुनेछ ।’ केही दिनयतादेखि प्रभावित भएको मौसममा सुधार आए भदौ २० गते धनगडीबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ भने अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । राजेश हमालको नाममा यसअघि सन् २०११ मा पनि ‘मेरो राजेश दाइ’ चलचित्र निर्माण भएको थियो । तर, यो चलचित्र बक्सअफिसमा सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu