‘डाँडाको बर पीपल’ मा शिव र गौरीको यस्तो लुक्स



एक समय पर्दामा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको जोडी राम्रैसँग जमेको थियो । ‘सरस्वती, स्वर्ग, धर्मसंकट, मायाघर’ लगायतका चलचित्रमा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । प्रायः चलचित्रमा उनीहरुले प्रेम जोडी भएर अभिनय गरेका छन् । तर, जब रिल युगको अन्त्य भएर डिजिटल प्रविधिको आगमन भयो तबदेखि उनीहरु चलचित्रमा देखिन छाडे ।

शिव र गौरीले पछिल्लो पटक एकसाथ काम गरेको चलचि ‘धर्मसंकट’ (२०५५) रिलिज भएकै २३ वर्ष भएको छ । यो अवधिमा नेपाली चलचिले प्रविधिमा मात्र फड्को मारेन, शिव र गौरीको भूमिकामा पनि परिवर्तन आएको छ । करिअरको उत्कर्षमा हुँदा चलचिमा आफैं नायक-नायिका भएर अभिनय गर्ने गरेका उनीहरु पछिल्लो समय आमा-बुबाको भूमिकामा देखिन थालेका छन् ।

‘धर्मसंकट’ रिलिजको २३ वर्षपछि शिव र गौरीले शोभित बस्नेत निर्देशित चलचि ‘डाँडाको बर पीपल’ मा एकसाथ काम गरेका छन् । यसमा उनीहरु अभिनेता सलोन बस्नेतको माता-पिता बनेका छन् । अहिले चित्लाङ क्षेत्रमा छायांकन भइरहेको चलचिमा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी लगायतको पनि अभिनय छ ।

आइतवार गौरी मल्लले फेसबुकमा शिव श्रेष्ठसँग चलचिको लुक्समा खिचेको एक तस्बिर पोस्ट गर्दै ‘अन्तराल’ भनेर लेखेकी छन् । तस्बिरमा दुवैको कपाल सेताम्मे फुलेको देख्न सकिन्छ । समय र उमेरको अन्तरालसँगै कलाकारले पर्दामा निर्वाह गर्ने भूमिका पनि परिवर्तन हुँदै जान्छ भन्ने यो तस्बिरबाट बुझ्न सकिन्छ । यो जोडीलाई २ दशकपछि पर्दामा हेर्न दर्शक आतुर देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu