‘लाइफ इन एलए’ को ‘पागल प्रेमी’ गीत रिलिज



सूर्य एन श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार ललितपुरस्थित लबिङ मलमा रहेको क्यूएफएक्स हलमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रमा समावेश ‘पागल प्रेमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर, सुन्दर पन्थको शब्द र एलिस कार्कीको संगीत रहेको छ ।

तनहुँ क्षेत्रको विभिन्न रमणीय स्थानमा खिचिएको गीतको भिडियोमा नव-अभिनेता ब्यास बिस्सुले अभिनेत्री द्वय शिल्पा मास्के र अकेशा विस्टसँग रोमान्स गरेका छन् । गीतले प्रेमभाव बोल्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई नेपाल र अमेरिकामा खिचिएको हो । चलचित्रले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्ने निर्देशक श्रेष्ठले बताए ।

चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्री लगायतको पनि अभिनय छ । ब्यास बिस्सुले निर्माण गरेको चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ । चलचित्रलाई दशैंको छेकोमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu