निशा घिमिरेको स्वास्थ्यमा सुधार भएन : नर्भिक अस्पताल



तीन वर्षअघि भारतको देहरादूनमा सडक दुर्घटनामा गम्भिर घाइते भएर नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मंगलवार अस्पताल परिसरमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा निशाको उपचारमा संलग्न डा. पंकज जलानले तीन महिनामा उनको स्वास्थ्यमा खासै सुधार नआएको बताए ।

निशाको उपचारमा नेपाल र नर्भिकमा उपलब्ध सबै प्रविधि, सीप तथा विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा सुधार देखिएको डा. जलनको भनाई छ । हालसम्म उनको उपचारमा ५० लाख खर्च भएको समेत अस्पतालले जनाएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् ।

दुर्घटनापछि घिमिरेको ब्रेन ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले अहिले हरेक कोशिशका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको पत्रकार सम्मेलनमा जनाइयो । उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको खण्डमा एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने डा. जलानको भनाई छ । उनले निशाको स्वास्थ्य पूर्ण रुपमा सामान्य नहुने पनि जानकारी दिए ।

३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो । तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । उनले चलचित्र ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu