सिनेमा हल खोल्न अनुमति दिने प्रशासनको निर्णय



काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हलहरु बिहीवारबाट खुल्ने भएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसँगै गत बैशाखदेखि बन्द रहेका तीन जिल्लाका सिनेमा हल खोल्न काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालय अनुमति दिएको हो । चार महिनादेखि बन्दको अवस्थामा रहेका सिनेमा हल खोल्न खुल्ने भएपछि चलचित्रकर्मीले खुसी व्यक्त गरेका छन् ।

काठमाडौं जिल्ला प्रमुख कालिप्रसाद पराजुलीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिइएको बताउँदै हलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको प्रशासन कार्यालयले अनुगमन गर्ने पनि बताए । कोरोना संक्रमण रोकथामका लागि गत बैशाखमा तीनै जिल्लाका प्रशासन कार्यालयले अनिश्चितकाका लागि सिनेमा बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणका कारण गत वर्ष पनि करीब ९ महिना सिनेमा हल बन्द भएका थिए । हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरेपछि सरकारले ५० प्रतिशत अकुपेन्सीमा चलचित्र प्रदर्शन गर्न अनुमति दिएको थियो । त्यसपछि केही चलचित्र प्रदर्शन र निर्माण भएका थिए । सिनेमा हल बन्द हुँदा दर्जनौं चलचित्र रिलिज हुन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu