‘डाँडाको बरपीपल’ मा भुवन केसीको भिन्न अवतार



शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको बरपीपल’ को दुई सातादेखि चित्लाङमा छायांकन भइरहेको छ । आउँदो दशैंमा सिनेमा घरमा प्रदर्शन गर्न लागिएको यो चलचित्र निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा थियो । छायांकन सुरु हुनुभन्दा केही दिनअघि चलचित्रमा अभिनेता भुवन केसी भित्रिएका थिए । अहिले उनी पनि आफ्नो भागको छायांकनका लागि चित्लाङमा छन् ।

अहिलेसम्म निर्माण टिमले चलचित्रमा भुवन केसीको भूमिकाबारे केही बताएको छैन । तर, उनको गेटअप र लुक्स भने सार्वजनिक गरिएको छ । तस्बिर हेर्दा चलचित्रमा उनी आर्थिक रुपमा सम्पन्न र गाउँको मान्यगन्य व्यक्तिको भूमिका रहेको अनुमान गर्न सकिन्छ । गालामा हल्का कालो दाह्री, आँखामा कालै चस्मा र सेतो रंगको सेरवानी पहिरनमा उनी निकै फरक र स्टाइलिस देखिएका छन् ।

यो चलचित्रमा भुवनसँगै शिव श्रेष्ठको पनि मुख्य भूमिका छ । उनीहरुले करीब १६ वर्षपछि एकसाथ काम गरेका हुन् । २००५ मा आएको चलचित्र ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि दुई सुपरस्टार एकसाथ देखिन लागेका पनि ‘डाँडाको बरपीपल’ दर्शकमाझ प्रतिक्षीत बनेको छ । उनीहरु पनि वर्षौंपछि एकअर्कासँग काम गर्न पाउँदा खुसी देखिएका छन् ।

चलचित्रमा शिव र भुवनसँगै गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको पनि अभिनय छ । बुढासुब्बा ओर्जिनलका सञ्चालक नवराज गिरीको लगानी रहेको फिल्मलाई सुशान्त प्रजापतिले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu