म्यूजिक भिडियोपछि चलचित्रमा डेब्यू गर्दै देल्बिस र राज



नेपाली चलचित्र तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रो उपस्थिति रहेको समयमा निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे पनि कला क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन् । घर परिवारबाट नै कला क्षेत्रमा लाग्ने र अघि बढ्ने प्रेरणाका साथ उनीहरु यस क्षेत्रमा प्रवेश गर्न लागेका हुन् । उनीहरु छिट्टै एउटा म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गर्दैछन् ।

नियमित रुपमा चलचित्र निर्माणमा लागि रहेका निर्माता द्वय दर्शनधारी र राईको निर्माण रहेको चलचित्र ‘बागमती र एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भइसकेको छ भने उनीहरु चाँडै अर्को नयाँ चलचित्र पनि निर्माण गर्दैछन् । दिनेश दर्शनधारी र यसोदा राईका छोरालाई छिट्टै चलचित्रमा पनि डेब्यू गराउने तयारी गरिएको छ ।

देल्बिस र राजले नृत्य र अभिनयको पनि निरन्तर प्रशिक्षण लिइरहेका छन् । अन्य पेशामा जस्तै कला क्षेत्रमा लागेर पनि आफ्नो करियर अघि बढाउन सकिने उनीहरुको भनाई छ । यी दुई मोभिल्याण्ड ग्रुप अफ कम्पनिको बोर्ड अफ डाइरेक्टर समेत हुन् । घर परिवारले नै चलचित्र क्षेत्रमा लाग्न प्रेरित गर्नु सुखद कुरा हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu